गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्वारा आईसियु र भेन्टिलेटरयुक्त एम्बुलेन्स सञ्चालन 



Download our app to get more features

रुपन्देही, १९ फागुन । बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले आईसियु र भेन्टिलेटरयुक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा अस्पतालले उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । 

एम्वुलेन्सको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमबार सुभारम्भ गरेका छन् । सुभारम्भका क्रममा मन्त्री बरालले स्वास्थ्यमा सबै प्रकारको  प्रदेश तहबाटै दिने तयारीका साथ सरकारले काम अघि बढाएको बताए । मन्त्री बरालले गौतमबुद्ध सामुदायीक मुटुअस्पतालले गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको पनि बताए । उनले भने, ‘अहिले पनि स्वास्थ्य सेवा गरिब निमुखाकोे पहुँच पुगेको छैन । निजी अस्पतालले बिरामीको रोग निको बनाए पनि परिबारलाई मानसिक रोगी बनाउने गराएका धेरै घटना छन् । त्यसलाई सरकारले अब रोक्छ ।’ 

मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पताललाई आईसियु र भेन्टिलेटरसहितको एम्वुलेन्स दिन गतबर्ष बजेट बिनियोजन गरे पनि  अस्पतालले खरिद गर्न नसक्दा बजेट फ्रिज भएको र यसबर्ष उपलब्ध गराउने बताए । 
अस्पतालका अध्यक्ष एजाज आलमले  दिगो रुपमा एक्बुलेन्स संञ्चालन गर्ने बताए। उनले भेन्टिलेटर प्रयोग गर्ने बिरामीसँग चिकित्सक साथमा रहने र भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहने बताए । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालनमा ल्याएको उक्त एम्वुलेन्समा सेवा लिएर काठमाडौ गएबापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैयाँ भाडा कायम गरिएको समेत आलमले बताए । 

कार्यक्रममा प्रत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पान्डे, रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्णप्रसाद पराजुली, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की गौतमबुद्ध सामुदायीक  मुटु अस्पतालका निर्देशक डा. शमिर गौतमले अस्पतालले पु¥याउँदै आएको सेवा बारे मन्तव्य राखेका थिए । 
 

Last modified on 2020-03-02 15:43:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts