प्रधानमन्त्री ओलीलाई मोदीको स्वास्थ्यलाभ कामना, पशुपतिनाथसँग प्रार्थना



Download our app to get more features

काठमाडौं, १९ फागुन । दोश्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर यतिबेला चौतर्फी चासो र चिन्ता व्यक्त भएका छन् । 

शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेगरी भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै केपी शर्मा ओलीको सफल शल्यक्रिया र तीव्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले भगवान पशुपतिनाथको कृपाले ओलीलाई सुस्वास्थ्य, खुशी र दीर्घजीवन प्राप्त होस् भनि कामना गर्दै ओलीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओली उपचारार्थ अस्पताल भर्ना हुने खबर फैलिएसँगै स्वास्थ्यलाभको कामना गर्ने मोदी पहिलो विदेशी सरकारप्रमुख हुन् । प्रधानमन्त्री ओलीको यसैसाता मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ । यसअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्रीको नियमित डाइलासिस गरिँदै आइएको छ । दोश्रोपटकको मिर्गौला प्रत्यारोपण जोखिमपूर्ण हुने बताइएपनि ओलीले देशभित्रकै अस्पतालमा शल्यक्रिया गर्ने निर्णय गरेका हुन् । उनी सोमबार नै शिक्षण अस्पताल भर्ना हुने जनाइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts