कोरोना आतंकः नेपालले मार्च ७ देखि विदेशीलाई अनअराइभल भिसा नदिने

काठमाडौं, १८ फागुन । विश्वभर कोरोना भाइरस भनेर चिनिने कोभिड १९ को संक्रमोण फैलिएसँगै सरकारले नेपाल भित्रिने विदेशीलाई अन अराइभल भिसा नदिने निर्णय गरेको छ ।
आइतवार साँझ प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेसँगै सरकारले नेपाल भ्रमण वर्षको कार्यक्रम पनि स्थगित गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति बनेको भोलिपल्ट सरकारले भ्रमण वर्ष स्थगित गर्नुका साथै विदेशीहरुलाई भिसामा कडाई गर्ने निर्णय गरेको हो । नेपालको भिसा लिएकाहरुलाई पनि स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था बैठकले गरेको छ ।