मन्त्रिपरिषद् बैठकः नेपाल भ्रमण वर्ष कार्यक्रम स्थगित, स्वास्थ्य सचिव परिवर्तन



Download our app to get more features

काठमाडौं, १८ फागुन । विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमण फैलिएपछि अन्ततः नेपाल सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको प्रस्तावमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो । नेपालको छिमेकी राष्ट्र चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस भनेर चिनिने कोभिड १९ रोगको जोखिम न्यूनिकरण गर्नभन्दै भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको हो । 

त्यसो त कोरोनाका संक्रमण फैलिएसँगै नेपाल भित्रिने पर्यटकको संख्यामा भारी गिरावट आएको छ । होटलहरु खाली भएका छन् भने ट्राभल एजेन्सीहरुको व्यवसाय सुस्ताएको छ । 

यसका साथै मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा यादव कोइरालालाई नियुक्त गरेको छ । यसअघिका सचिव खगराज अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्दै गृहमा रहेका कोइरालालाई स्वास्थ्यमा ल्याउने निर्णय गरिएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts