चीनबाट फर्किएका चालक दलका १८ जनालाई आज क्वारेन्टाइनबाट निकालिने

काठमाडौं, १८ फागुन । कोरोना प्रकोप फैलिएको हुबे प्रान्तको वुहान शहरबाट नेपालीलाई उद्वार गर्ने चालक दलका १८ जनामा नेगेटिभ रिपोर्ट देखिएको छ।
नगरकोटस्थित क्वारेन्टाइनमा रहेका उनीहरुलाई आजै क्वारेन्टाइनबाट निकालिने भएको छ । दोस्रो चरणको कोरोना परीक्षणका क्रममा उनीहरुलाई कोरोना भाइरस पोजेटिभ नदेखिएपश्चात् आज क्वारेन्टाइनबाट निकालिन लागेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
Last modified on 2020-03-02 15:00:24