नेपाली चिकित्सक दिवस फागुन २० गते मनाइने 



Download our app to get more features

काठमाडौं,१८ फागुन – नेपाली चिकित्सक दिवस फागुन २० गते मनाइने भएको छ । नेपाल चिकित्सक संघको २८ औं केन्द्रीय कार्यकारिणी समितीको पहिलो बैठकको निर्णय अनुसार ७० औं नेपाली चिकित्सक दिवस फागुन २० गते संघको चितवन शाखामा मनाइने निर्णय भएको हो। 

नेपालमा प्रजातन्त्रको स्थापना भएपश्चात् चिकित्सकहरुको हकहितका लागि भन्दै फागुन २० गते नेपाल चिकित्सक संघको स्थापना गरिएको थियो । उक्त दिनलाई नेपाली चिकित्सकहरुको एकताको दिनका रुपमा प्रत्येक वर्ष फागुन २० गते नेपाली चिकित्सक दिवस मनाउने गरिएको छ। 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts