खरिपाटीकाे क्वारेन्टाइनमा राखिएकालाई दोस्रो चरणको परीक्षण गरिँदै

काठमाडौं,१७ फागुन – चीनको वुहानबाट ल्याएर भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुको आज दोस्रो चरणको कोरोना भाइरस परीक्षण हुने भएको छ ।
गत फागुन ४ गते सरकारले चीनको कोरोनाग्रस्त वुहान शहरबाट १७५ जना नेपालीलाई स्वदेश ल्याएको थियो। चीनबाट स्वदेश ल्याएपश्चात् सरकारले उनीहरुको पहिलो चरणको कोरोना परीक्षण गरेको थियो । उक्त परीक्षणले कसैमा पनि कोरोना भाइरस पोजेटिभ नदेखिएको बताइएको थियो । कोरोना भाइरसको लक्षण दुई साता पश्चात् पनि देखिन सक्ने भन्दै सरकारले उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको छ । आज गरिएको घाँटीको स्वाब परीक्षणको रिपोर्ट आएपश्चात् उनीहरुलाई घर फर्काइने जनाइएकाे छ।