भरतपुर महानगरद्वारा सूर्तिजन्य पदार्थ बेच्ने पसल र होटलमा अनुगमन, दुईजना कार्वाहीमा



Download our app to get more features

काठमाडौं, १७ फागुन । सूर्तिजन्य पदार्थ निषेधित महानगर बनाउने अभियानमा जुटेको चितवनको भरतपुर महानगरपालिकाले पसल तथा होटलहरुमा अनुगमन गरि सूर्तिजन्य पदार्थ जफत गरेको छ । 

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अन्तर्गत विभिन्न १४ वटा होटल र ३५ वटा पसलहरुमा अनुमगन गरेर अवैध रुपमा बेच्न राखिएको सूर्तिजन्य पदार्थ जफत गरिएको हो । यससँगै अनुगमन टोलीले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ प्रयोग गर्ने २ जनालाई तुरुन्त जरीवाना तिराइएको पनि महानगरले जनाएको छ । जरीवाना तिर्न नमान्ने दुईजनालाई प्रहरीको सहजीकरणमा कार्वाही गरिएको पनि महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भरतपुर महानगरपालिकालाई सूर्ति निषेधित क्षेत्र बनाउने अभियान अन्तर्गत अनुगमन तीव्र पारिएको र निरन्तरता दिइने महानगरको दावी छ । 

Last modified on 2020-02-29 08:37:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts