बैतडीको प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना



Download our app to get more features

बैतडी, १६ फागुन । जिल्ला प्रशासन कार्यालय बैतडीले प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । बच्चासहित कार्यालयमा सेवा लिन आउने महिलाका लागि सुरक्षित स्तनपानका लागि कक्ष निर्माण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयलाई महिलामैत्री बनाउने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । कक्ष निर्माणमा तीन लाख खर्च भएको उनले बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts