एघारौं तहमा बढुवा लागि स्वास्थ्य मन्त्रालयले गर्यो तीन चिकित्सकको नाम सिफारिस

काठमाडौं, १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौं तहमा बढुवा गर्नका लागि तीन जना चिकित्सकको नाम सिफारिस गरेको छ । बढुवा समितिले डा पिताम्बर सुवेदी, डा रामपुकार शाह र डा अभय पोखरेलको नाम सिफारिसका गरेको छ ।
डा सुवेदीलाई प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन, डा शाह र डा पोखरेललाई प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।