वीर अस्पतालले पाएन रेडियोथेरापी मेसिन राख्ने स्थान 

एक वर्षदेखि अस्पतालमै थन्कियो



Download our app to get more features

काठमाडौं, १५ फागुन । वीर अस्पतालमा एक वर्ष अगाडि खरिद भएको रेडियोथेरापी मेसिन जडान हुन सकेको छैन । स्थान अभावका कारण एक वर्ष देखि मेसिन त्यसै थन्किरहेको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार एक वर्ष अगाडि नै उक्त मेसिन खरिद गरिएको हो । तर स्थान अभावका कारण जडान गर्न नसकिएको उनी बताउँछन्। मेसिन जडान भए क्यान्सर रोगीहरूको उपचार सहज हुने उनको भनाइ छ । मेसिन जडानका लागि अस्पतालले ठाउँ खोजिरहेको र ठाउँको व्यवस्थापन हुने बितिकै क्यान्सरका बिरामीले वीरबाटै प्रभावकारी सेवा पाउने उनको तर्क छ ।  वीर अस्पतालका पूर्वनिर्देशक डा. भुपेन्द्रकुमार बस्नेतको पालामा अस्पतालले रेडियोथेरापी मेसिन निजी स्रोतबाट खरिद गरेको थियो। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts