लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन प्रतियोगिता सम्पन्न ।।



Download our app to get more features

रुपन्देही, १४ फाल्गुन । लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको म्याथुन प्रतियोगिता सम्पन्न भएको छ ।

अस्पतालको १ सय १० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा मंगलवार म्याराथुन प्रतियोगिताको आयेजना गरिएको थियो ।

फाल्गुन ९ गतेदेखि १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तर्गत भएको म्याराथुन  बुटबलको योगीकुटीबाट सुरु भएर लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।

म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन प्रतियोगिता संयोजक राम प्रसाद अर्यालले बताए ।

म्याराथुन प्रतियेगीतामा  महिला तर्फ  रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो  श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो र अजय बसखोर तेश्रो भएको अस्पतालका अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले बताईन् । 

वार्षिक उत्सव कार्यक्रम संयोजक डा सुदर्शन थापाले  म्याराथुन मा सहभागी सबैलाई बिशेष धन्यबाद दिदै आगामी कार्यक्रममा पनि यस्तै उत्साहजनक सहभागीताको अस्पतालले अपेक्षा गरेकोे बताए ।

अस्पतालको वार्षिक उत्सब अहिले सम्म नमनाएको भएपनि यसलाई  निरन्तरता दिने अस्पतालको त्रैमासिक बुलेटीन प्रकाशित गर्ने मेसु डा राजेन्द्र खनालले बताए । अस्पताल बिकास समिति अध्यक्ष सुर्य वहादुर भटराईले अस्पताल लाई नयाँ र फरक सैलीले  लाने बताएका छन ।प्रदेश सरकारको  योजना अनुरुप अस्पताललाई अघिबढाउन आफु लागेको बताए ।

म्याराथुन प्रतियोगीतामा चिकित्सक, प्रशासनका सवै तहका कर्मचारीहरुको पनि सहभागीता रहेको अस्पताल प्रशासनले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts