बीपी कोईराला क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा ६ जना नियुक्त



Download our app to get more features

चितवन, १४ फाल्गुन । चितवनको भरतपुरस्थित बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा सरकारले ६ जना नियुक्त गरेको छ । 

अध्यक्ष नियुक्ति गरेको एक महिना पछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छ जनालाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा डा. विनय ठाकुर, डा. कैलाश भण्डारी, डा. रक्षा श्रेष्ठ, डा. सम्पदा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी संचालक समिति सदस्यमा नियुक्त भएका हुन् ।

यसअघि मन्त्रिपरिषद्को १३ माघमा बसेको बैठकले १६ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा डा. निर्मल लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको थियो । गत वर्ष असोज ३ गतेबाट संचालक समितिको तीन वर्षे कार्यकाल पूरा भए पनि सरकारले नयाँ संचालक समिति चयन गर्न सकेको थिएन । स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले संचालक समितिमा अध्यक्ष सहित सात जना सरकारले नियुक्त गर्ने प्रावधान छ । 

क्यान्सर अस्पताल ऐन–२०५३ अनुसार पाँच पदेन सदस्यसहित अस्पतालमा कार्यरत चिकित्सक मध्येबाट एकजना महिला रहने गरी दुई जनालाई सञ्चालक समितिमा मनोनयन गर्ने छ । यसरी सञ्चालक समितिमा जम्मा १४ सदस्यीय रहने व्यवस्था रहेको अध्यक्ष डा. निर्मल लामिछाने जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts