नेपाल चिकित्सक संघ परिषद्को निर्वाचन १७ फागुनमा



Download our app to get more features

काठमाडौं, १३ फागुन । नेपाल चिकित्सक संघ परिषद्को नयाँ नेतृत्व चयनका लागि १७ फागुनमा निर्वाचन हुने भएको छ ।  ०७६–७९ कार्यकालका लागि संघको परिषद् सदस्यको निर्वाचन २८औं अखिल नेपाल चिकित्सक सम्मेलन स्थल कास्कीमा हुने भएको हो। 

निर्वाचनका लागि मतदाताको नामावली १० फागुनमा नेपाल चिकित्सक संघको वेबसाइटमा प्रकाशन भइसकेको छ । परिषद् सदस्यका उम्मेदवारको मनोनयन पत्र वितरण र दर्ता, उम्मेदवारको प्रथम पटक नामावली प्रकाशन, दाबीविरोध र उम्मेदवारी फिर्ता लिने, तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कार्य १६ फागुनमा हुनेछ । 
गतवर्ष परिषद्को कार्यसमितिमा एक सय २६ सदस्य थिए । यो संख्या यस वर्ष बढ्ने प्रमुख निर्वाचन अधिकृत बाबुराम मरासिनीले बताए । परिषद्मा ६० जना सदस्य प्रत्यक्ष निर्वाचनबाट आउने, प्रत्येक १६ शाखाबाट एक–एक जना प्रतिनिधि रहने, १५ जना कार्यसमितिबाट ल्याइने, ५ जना कार्यसमितीले मनोनयन गर्ने तथा १–१ जना विशेषज्ञ समाजका प्रतिनिधि रहनेछन् । जुन आवश्यकता अनुसार थपघट हुन सक्ने मरासिनीको भनाइ छ।  मसासिनीका अनुसार –परिषद्ले  नेपाल चिकित्सक संघको बजेट पास गर्ने, लेखा परीक्षणको प्रतिवेदन पेश गर्ने, अधिवेशनको निर्णय गर्ने,आवश्यक परेमा आकस्मिक बैठक बसी समसामयिक विषयमा निर्णय गर्ने गर्नेछ ।

 

Last modified on 2020-02-26 10:19:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts