कञ्चनपुरको गड्डाचौकीबाट भारत जाँदा मास्क अनिवार्य

कञ्चनपुर,१३ फागुन । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा ‘मास्क’ लगाउन अनिवार्य गरिएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरेपश्चात् भारतीय सुरक्षाकर्मीले मास्क अनिवार्य गरेको हो।भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने र जाने सबैलाईै मास्क अनिवार्य गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।भारतीय पक्षले सीमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली समेत परिचालन गरेको छ।
Last modified on 2020-02-25 12:30:13