नेपाल मेडिकल कलेजको शल्यक्रिया कक्षमा संक्रमण फैलिएकोबारे अनुसन्धान सुरु



Download our app to get more features

काठमाडौं,१३ फागुन । नेपाल मेडिकल कलेज, अत्तरखेलको शल्यक्रिया कक्षमा संक्रमण फैलिएकोबारे अनुसन्धान सुरु भएको छ। अस्पतालका निर्देशक डा.राजेश किशोर श्रेष्ठले नेपाल मेडिकल काउन्सिल, नर्सिङ परिषद्,औषधि व्यवस्था विभाग लगायतका सरकारी टोलीले अस्पतालको शल्यक्रिया कक्षको अनुगमन पश्चात् अनुसन्धान सुरु गरिएको बताए। 

आगामी केहीदिन भित्रै शल्यकक्षमा संक्रमण किन फैलिएको हो भन्नेबारे पत्ता लाग्ने डा.श्रेष्ठले बताए । उनी भन्छन् –शल्यक्रियाको क्रममा प्रयोग भएका औषधि तथा सलाइनले यस्तो भएको हुनसक्ने हाम्रो पूर्वानुमान छ । औषधि कम्पनीको कुनै व्याचको औषधि तथा सलाइनमा आएको समस्याका कारण पनि यस्तो हुनेगर्छ । यद्यपि यहाँमात्र नभई यस्तो समस्या अन्य अस्पतालहरुमा पनि देखिने गरेको छ । नेपाल मेडिकल कलेजमा गत आइतबार र सोमबार शल्यक्रिया गरिएका तीनजना बिरामीमा पिसाब बन्द हुने समस्या देखिएको थियो । अहिले भने तीनैजना बिरामीको अवस्था सामान्य भइसकेको डा.श्रेष्ठको दावी छ।

Last modified on 2020-02-25 11:03:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts