स्वास्थ्यको १२ औं तहमा तीनजनाको बढुवा



Download our app to get more features

काठमाडौं, १२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२ औं तहको पदमा तीनजना बढुवा भएका छन् । 

नेपाल सरकारको मुख्य सचिव नेतृत्वको बढुवा समितिले सिफारिस गरेको ५ जनामध्ये ३ जनलाई सोमबारको मन्त्रिपरिषद बैठकले १२ औं तहमा बढुवा गरेको मन्त्रालय स्रोतले जनाएको छ । बढुवा हुनेमा स्वास्थ्य सेवा विभागका निवर्तमान निमित्त महानिर्देशक डा. रोशन पोखरेल, विभागका नवनियुक्त महानिर्देशक महेन्द्र श्रेष्ठ र मन्त्रालयको अनुगमन मुल्यांकन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंह रहेका छन् । 

यसअघि बढुवा समितिले उल्लेखित तीनजना सहित स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरी र वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीसमेत गरि ५ जनालाई १२ औं तहका लागि सिफारिस गरेको थियो । यस्तै सोमबारकै बैठकले स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा पुष्पराज खनाललाई नियुक्त गरेको छ । 

Last modified on 2020-02-24 22:09:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts