स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा खनाल
काठमाडौं, १२ फागुन । स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा पुष्पराज खनाल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई रिक्त रजिष्ट्रार पदमा नियुक्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा खनाल रजिष्ट्रार बनेका हुन् । खनाल यसअघि परिषद्का सदस्य थिए । मेडिकल ल्याव टेक्नोलोजिष्ट खनाल लामो समयदेखि सेवाक्षेत्रमा सक्रिय छन् । खनालले स्वास्थ्य व्यवसायी परिषद्मा बसेर सबै सरोकारवाला क्षेत्रसँग समन्वय गरेर परिणामुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
Last modified on 2020-02-24 21:40:40