गर्मी नलाग्दै डडेल्धुरामा भेटियो डेंगुको बिरामी

डडेल्धुरा, १२ फाल्गुन । गर्मी नलाग्दै डडेल्धुरामा एक जनामा डेंगुको संक्रमण देखिएको छ ।
जिल्लाको अमरगढी नगरपालिका– ६ दुमडाका एक जना बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ ।
डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले बताए ।
लक्षण देखिनासाथ बिरामीको डडेल्धुरा अस्पतालमा उपचार सुरु भएको छ ।
केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्। गत वर्ष जिल्लामा १२ जनामा डेंगु रोग देखा परेको थियो ।
Last modified on 2020-02-24 14:45:18