चौतर्फी दबाबपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा रद्द



Download our app to get more features

पोखरा, ११ फागुन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिवार लिएको एमडी एमएस प्रवेश परीक्षा रद्द गरेको छ । 

परीक्षामा धाँधली भएको भन्दै विद्यार्थीहरुले प्रवेश परीक्षा बहिष्कार गरेका थिए । शनिवार अमरसिंह नमूना माध्यमिक विद्यालयमा भएको प्रवेश परीक्षा निर्धारित समयभन्दा ढिलो सुरु भएको र प्रश्नपत्र पहिल्यै बाहिरिएको भन्दै परीक्षार्थीहरुले परीक्षा बहिष्कार गरेका थिए । उनीहरुले घटनाको सत्यतथ्य छानवीन गरि पुनः परीक्षा माग गर्न माग गर्दै आज बिहान प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए । 

प्रतिष्ठानको प्रवेश परीक्षामा भएको विवादलाई लिएर चिकित्सकहरुको संघसंस्थाले समेत चासो देखाएका थिए । चिकित्सक संघ अन्तर्गतको जुनियर डक्टर कमिटि, युवा चिकित्सक संघ लगायतले विज्ञप्ति निकालेर परीक्षाका सन्दर्भमा निश्पक्ष छानवीन र पुनः परीक्षा माग गरेका थिए । 

विवादास्पद परीक्षालाई लिएर चौतर्फी दवाव बढेपछि प्रतिष्ठानको परीक्षा समितिले उक्त परीक्षा रद्द गरेको जनाएको छ । सूचना प्रकाशित गर्दै प्रतिष्ठानले परीक्षाको मिति पुनः सूचना निकालेर जानकारी गराउने जनाएको छ । 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै वर्षदेखि एमडी एमएस पढाइ सुरु गर्न १७ सिटको अनुमति पाएको छ । 

Last modified on 2020-02-23 14:10:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts