हाडजोर्नी चिकित्सकहरुको सम्मेलन अर्थोकन सम्पन्न



Download our app to get more features

काठमाडौं, ११ फाल्गुन । नेपाल अर्थोपेडिक एसोसिएशनको सम्मेलन अर्थोकन सम्पन्न भएको छ ।

एसोसिएसनको आयोजनामा भएको सम्मेलनमा नेपालभरका हाडजोर्नी सम्बन्धी विशेषज्ञ चिकित्सकहरुको सम्मेलन ३ दिनसम्म काठमाडौंमा चलेको थियो । 

“नेपाल अर्थोपेडिक एसोसिएसनको २५ वर्षः आगामी चुनौतीहरु” नारा रहेको सो सम्मेलनमा हाडजोर्नी सम्बन्धी विभिन्न कार्यपत्र र नयाँ खोज र उपचार पद्धतिका विषयमा छलफल भएको थियो ।

फाल्गुन ८ गते बिहिबार देखि सुरु भएको सम्मेलन शनिबारसम्म चलेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts