बुटबल उद्योग वाणिज्य संघद्वारा बिरामीलाई सहयोग 



Download our app to get more features

रुपन्देही, ११ फाल्गुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । 

संघको ६७ औं स्थापना दिवसको अवसर पारेर संघ अन्तर्गत गठित महिला उद्यमी समितिले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको हो । 

सहयोग वितरण कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष  तथा आम्दा अस्पतालका सञ्चालक समितिका उपाध्यक्ष खिमबहादुर हमालले संघको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रम गरिएको बताए ।
 
संघको स्थापना दिवसकै अवसरमा संघको सचिवालय परिसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको थियो भने शनिबार अम्दा अस्पतालका बिरामीलाई फलफूल तथा डाईपर वितरण गरिएको हो ।
 
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा आम्दा अस्पतालका सञ्चालक जीवनप्रसाद ओझाले संघको स्थापना दिवसको अवसरमा सानो भएपनि सहयोग गरिएको बताउँदै सहयोगलाई टिका र प्रसादको रुपमा लिन आग्रह गरे ।

 बुटवल उद्योग वाणिज्य संघ, आम्दा नेपाल र बुटवल उप महानगरपालिकाले त्रिपक्षीय समझदारीमा २०५५ सालमा सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना भएको स्मरण गर्दै उनले अस्पताल स्थापना कालदेखि नै अस्पतालको विकासमा उद्योग वाणिज्य संघले ठूलो योगदान गरेको उल्लेख गरे ।
 
त्यस्तै आम्दा अस्पतालका निमित्त निर्देशक केशवराज शर्माले संघको स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई सहयोग प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको याचना गरे । उनले अस्पतालको स्थापनाकालदेखि नै बुटवल उद्योग वाणिज्य संघको ठूलो सहयोग रहेको औंल्याउँदै आगामी दिनमा संघ तथा उद्योगी व्यवसायीहरुलाई अस्पतालको विकासमा सहयोग गर्न आग्रह गरे ।

संघको स्थापना दिवसको अवसरमा संघमा गठित महिला उद्यमी समितिकी अध्यक्ष नमकला वेलवासेले विभिन्न दाताहरुको सहयोगमा कार्यक्रम गरिएको जानकारी गराईन् ।
संघका कार्यसमिति सदस्य वसन्तप्रसाद ढकाल, जगानाथ न्यौपानेले डाईपर सहयोग गरे भने बस्तुगत समितिका उपाध्यक्ष बिनोद निरौलाले टिस्युपेपर प्रदान गरेको समितिकी अध्यक्ष वेलवासेले जानकारी गराइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts