नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको अध्यक्षमा चौहान



Download our app to get more features

रुपन्देही, ११ फाल्गुन । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको अध्यक्षमा कृष्ण चौहान चयन भएका छन् । 

सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले चौहान क्षेत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

समाजको उपाध्यक्षमा भिष्म केसी, महासचिवमा उदयराज भट्टराइ, सचिवमा प्रशन्न श्रेष्ठ, कोषाध्यक्षमा तुलसा न्यौपाने सिंह, सहकोषाध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् । 

यस्तै सदस्यहरुमा आकाश पन्त, अर्जुन प्रसाद पौडेल, हरिप्रसाद ज्ञवाली, युवराज बञ्जाडे, भगवती अर्याल, कमलबहादुर थापा मगर, जानकी नेपाल रहेका छन् । 

एक समारोहकाबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शनिबार नै पदस्थापन गरिएको निर्वाचन मण्डलका प्रमुख लक्ष्मण क्षेत्रीले बताए ।

कार्यक्रमको एक समारोहकाबीच प्रदेश नं. ५ का अर्थ, पर्यटन, उद्योग समितिका सभापती दधिराम न्यौपानेले उद्घाटन गर्दै आम नागरिकलाई सहज र निःशुल्क रगत उपलब्ध हुने व्यवस्था सरकारबाट पनि गरिने बताए ।

कार्यक्रममा बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, रोटरी क्लब अफ तिनाउ बुटवलका संस्थापक अध्यक्ष देवी वाग्ले, केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, केन्द्रीय उपाध्यक्ष थपलिया, रक्त सञ्चार केन्द्र बुटवलका सदस्य गोपाल ढकाल, लायन्स क्लब डिष्ट्रिक बि २ नेपालका एम्बेसडर अफ गभर्नर कपिल आचार्य, समाजका सचिव भीष्म केसीले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजीक काममा सबै पक्षको योगदान जरुरी रहेको बताएका थिए ।

समाजका नव निर्वाचित अध्यक्ष चौहानले रुपन्देही शाखाको अगुवाईमा वर्षभरि नै रगत संकलनका साथै अन्य सामाजीक काममा अग्रसर रहने बताए । संस्थाले ८ हजार २ सय बढी पिन्ट रगत संकलन गरि वितरण गरेको उनले बताए । 

मर्चवारदेखि गुल्मीको लिम्घासम्म रक्तदान कार्यक्रम गरिएको भन्दै उनले एक जनालाई स्वर्गिय अनिस श्रेष्ठको स्मृतिमा स्थापना गरिएको १० हजार रुपैयाँको पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी पनि गराए । 

कार्यक्रममा शारीरिक अपाङ्गता भएका रक्तदाता जगदिश प्रसाद श्रेष्ठलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts