दादुर–रुवेला खोप निर्धक्क साथ बालबालिकालाई लगाउन स्वास्थ्य निर्देशक डा. गिरीको आग्रह 



Download our app to get more features

रुपन्देही, ९ फाल्गुन । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले दादुर–रुवेला खोप निर्धक्कका साथ बालबालिकामा लगाउन आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा विभाग बाल महाशाखाद्वारा बुटबलमा आयोजित दादुरा–रुबेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढिकरण कार्यक्रम अन्तर्गत खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटना र त्यसको व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा बोल्दै डा गिरीले सो कुरा बताएका हुन् ।

डा गिरीले  प्रदेश ५ को रुपन्देहीबाट नयाँ तरिकाले खोप लगाउने अभियान सुरु भएको भन्दै नेपालमै पहिलो पटक बच्चा बिरामी छ कि छैन जाँच गरेर खोप लगाउने अभियान रुपन्देहीबाट सुरु भएको बताए । उनले अहिलेसम्म तिन चरणमा अभियान सुरु भयो खोप लगाएर कुनै बालबालिकाको मृत्यु नभएको प्रस्ट पारे ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग बाल महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले खोप लगाएका बाल बालिकाहरुमा कुनै समस्या देखा पर्नासाथ खोप लगाएकै कारण समस्या भएको भन्ने निष्कर्षमा पुग्नु उचित नहुने बताए । 

खोप लगाएका व्यक्तिहरुमा देखिन सक्ने त्यस्ता घटनाहरु खोपकै कारणबाट नभएर अन्य कारणबबाट हुन सक्ने सम्भावना भएका कारण असर देखिएको भनि प्रचार हुँदा खोप कार्यक्रम नै प्रभावित हुन सक्ने तर्फ पनि सचेत रहनु पर्ने बताए । उनले सञ्चारकर्मीलाई सत्यतथ्य बुझेर समाचार सम्प्रेशण गर्ने पनि आग्रह गरे ।

गोष्ठीमा एईएफआईका सर्भिलेन्स अधिकृत डा अभियान गौतमले खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटना र त्यसको व्यवस्थापनबारे जानकारी गराएका थिए ।  

स्वास्थ्य निर्देशनालय वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा  जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले कार्यक्रमको औचित्य र उदेस्यमाथि प्रकाश पारेका थिए । गोष्ठीमा  स्वास्थ्यकर्मी टेड्रयुनियनका पदाधिकारी सञ्चारकर्मीको सहभागिता रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts