स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल बनाइनेःमन्त्री बराल

रुपन्देही, ८ फाल्गुन । कपिलवस्तु अस्पतालको नवनिर्मित भवनको प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले उद्घाटन गरेका छन् ।
२०६९ सालमा निमार्ण सुरु गरिएको उक्त भवनको उद्घाटन गर्दे मन्त्री बरालले स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल निर्माण गरिने बताए । उनले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको बताउँदै अस्पतालमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनावद्ध तरिकाले लागिपरेको जानकारी गराए ।
मन्त्री बरालले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनप्रदेश सरकारले सरकारी अस्पतालको स्तरोन्नति गर्ने कार्य समेत अघि बढाएको बताए । उनले सरकारी अस्पतालको भौतिक अवस्था सुधारका लागि प्रदेश सरकारले विशेष योजना ल्याएको बताउँदै मन्त्री बरालले जनतालाई स्वास्थ्य सेवा दिइने सरकारको दायित्व भएको बताए ।
यस्तै प्रदेशसभा सदस्य तथा सामाजिक विकास संयोजक दिर्घ नारायण पाण्डेले मान्छेको स्वास्थ्य नै प्रमुख सम्पत्ति भएकाले अस्पताल व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने भन्दै जिल्लाको विकास जनताको माग र आवश्यकताको आधारमा तीव्र गतिमा अगाडि बढाउनु पर्ने बताए ।
प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव, सहस राम यादवले कपिलवस्तु अस्पतालले सेवा सुविधा बढाउदै लगेको र यससँगै अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुविधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको बताए ।
उनीहरुले अस्पताललाई ५० शय्याको बनाउनु पर्नेमा जोड दिए । पुर्वमन्त्री दीपकुमार उपाध्यायले सरकारी अस्पतालको सेवा सुविधा बढाउनु पर्ने बताए ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. बिनोद गिरीले प्रदेश सरकारले जिल्ला अस्पालमा चार किसिमको विशिष्ट सेवा सञ्चालको लागिपहल गरेको बताए । तौलिहवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेले ६ वर्षका अथक प्रयासपछि अस्पतालको भौतिक र सेवा सुविधामा निकै सुधार आएको दावी गरे ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको सञ्चालमा भएको कार्यक्रममा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला, लगायतले मन्तव्य दिएका व्यक्त गरेका थिए ।
२०६९ मा निर्माण सुरु गरिएको १२ करोड लागतको भवन यस वर्ष मात्र निर्माण सम्पन्न गरिएको हो । भारतीय सरकारको सहयोगमा २०२८ सालमा स्थापित अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा दिँदै आएको थियो ।