पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा



Download our app to get more features

रुपन्देही, ८ फाल्गुन । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ चारपाला स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ ।

प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाद्वारा संञ्चालित योग तथा प्राकृतिक चिकित्सालय औपचारिक रुपमा सञ्चालनमा आएको हो । चिकित्सालयको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बुधबार उद्घाटन गरे । 

मन्त्री बरालले रोगीलाई निरोगी बनाउन र निरोगीलाई दीर्घजीवी बनाउने उदेश्यले सञ्चालित चिकित्सालयले औषधिय उपचारबाट निरास बनेका बिरामीलाई सजिलैसँग  सघाउ पु¥याउने बताए । 

उनले चिकित्सालय सगै प्राकृतिक चिकित्सालाई पनि प्रदेश सरकारले प्रथामिकताका साथ अगाडि बढाएको बताउँदै हरेक प्रकारका औषधि उपचार जनताको पहँुचमा पुग्न जरुरी रहेको उल्लेख गरे ।

मन्त्री बरालले स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि विभिन्न प्रयासहरु चालेको औल्याउँदै आधुनिक र सुविधा सम्पन्न अस्पतालहरु निर्माण गर्न प्रदेश सरकार अघि बढेको जिकिर गरे ।

यस्तै बुटवल उपमहानगर पालिकाका उपप्रमुख गोमदेवी आचार्यले बढ्दो आधुनिक जीवनशैली तथा अस्वस्थ खानपानलाई लाई व्यवस्थापन गर्न प्राकृतिक चिकित्सालयले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

प्राकृतिक चिकित्साविद् डा.हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्सा उपचार पद्धतिबाट शरीरलाई कुनैपनि असर नपर्ने हुँदा यसका फाइदाहरुका बारेमा जनसमुदायमा प्रचार प्रसार सँगै सचेतना प्रदान गर्नुपर्ने धारण राखे ।

पछिल्लो समयमा योग तथा प्राकृतिक चिकित्सालयप्रति जनसमुदायको आर्कषण बढेसँगै आवश्यकता र चाहना अनुसार चिकित्सालय सञ्चालनमा ल्याईएको चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराईको भनाइ छ । 

उद्घाटन कार्यक्रम अस्पतालका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता, उपाध्यक्ष मतिराम चालिसेको स्वागत तथा राम बहादुर कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । चिकित्सालय करिब ७ विद्या क्षेत्रफलमा अवस्थित छ ।

अस्पतालमा ३६ वटा कोठा छन् । जसमा महिला र पुरुषको छुट्टा छुट्टै उपचार गरिन्छ । संयोजक ध्रुव घिमीरेका अनुसार अस्पतालमा बिहान र बेलुकाको समयमा उपचार गरिनेछ । अस्पतालमा १७ जना कर्मचारी, ६ जना थेरापिष्ट र ४ जना डाक्टरहरु रहेका छन् । 

प्राकृतिक चिकित्सालयमा फाल्गुण २ देखि योग तथा प्राकृतिक चिकित्सा पद्धतिका प्रवर्तक साधक तथा अभियानकर्ताहरुको सम्मान गरौँ भन्ने नारा सहित बृहत योग तथा पर्यटन महोत्सव चलिरहेको छ ।

जहा दैनिक योग, भजन कृतन, प्रवचनसँगै साँस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । महोत्सवमा ८ वटा जडीबुटी तर्फ र ८ वटा भोजनालय तर्फ स्टल रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts