डा. देव र सचिवको विवाद प्रकरणः चिकित्सक संघले निकाल्यो दोस्रो विज्ञप्ति

काठमाडौं, ७ फाल्गुन । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सौहार्दपूर्ण ढंगले अघि बढ्ने निर्णय गरेको छ ।
बुधबार संघका प्रतिनिधिहरुसँगको छलफलमा सचिव बरालले समग्र चिकित्सक तथा प्राध्पायकलाई आफूले सम्मानपूर्वक हेरेको र डा देवप्रति व्यक्त गरेको अभिव्यक्ति पनि नियतवस नभएको बताएपछि संघले यस्तो निर्णय गरेको हो ।
यसअघि बुधबार नै संघले निकालेको पहिलो विज्ञप्तिमा डा देव र चिकित्सकको मानमर्दन हुने विषयमा सचिवले कुनै कुरा नबोलेको भनेर प्रकाशित गरिएकोमा केही समयमा सो विज्ञप्ति हटाइएको थियो ।
डा. देवले आफू र समस्त चिकित्सक जगतको भावनामाथि नै आँच आउने गरि सचीव वरालले अभिव्यक्ति दिएको भनेर लिखित रुपमै आवेदन दिएका थिए । साथै उनले व्यक्तिगत कारण देखाउदै बिमा बोर्डबाट समेत राजीनामा दिएको अवस्थामा चिकित्सक संघ उल्टै सचीवको पक्ष लागेको भनेर विरोध भएपछि संघले दोश्रो विज्ञप्तिमा भाषा सच्याउदै सचीवको सो घटनाको व्यवहार “आवेशको उपज र नियतवस नभएको“ भनेर सच्याएको छ ।
हेरौ चिकित्सक संघले दोस्रो पटक निकालेको विज्ञप्तिः