क्वारेन्टाइनमा रहेका नेपालीको नमूना परीक्षणका लागि आजै प्रयोगशाला पठाइने



Download our app to get more features

काठमाडौं, ४ फाल्गुन । चीनबाट फर्केका नेपालीको नमूना परीक्षणका लागि आज प्रयोगशाला पठाइँदैछ । 

चीनबाट फर्केका १ सय ७५ नेपालीको थ्रोट स्वाब (घाँटीको र्याल) को नमुना जाँचका लागि आजै प्रयोगशालामा पठाउने तयारी भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चीनबाट फर्केका नेपालीको नमूना परीक्षण लागि किटहरु तयारी अवस्थामा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

आज बिहान चीनबाट काठमाडौं फर्केका नेपालीलाई बिहानै विमानस्थलमा स्वाथ्य जाँचपछि भक्तपुरस्थित क्वारेन्टाइनमा लगिएको छ ।

क्वारेन्टाईनमा बसुञ्जेल उनीहरुको दिनमा २ पटक छुट्टा छुट्टै थर्मामिटरबाट ज्वारो नाप्ने, ६ जनाले एक शौचालय प्रयोग गर्ने, चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिने, विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था, हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, ह्याण्ड स्यानीटाइजर, मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्श दिने लगायतका व्यवस्गा गरिएको छ । 

क्वारेन्टाइनमा कम्तिमा १४ दिनसम्म सबैलाई राख्नुका साथै फर्कने दिनमा पनि सबैको नमूना परिक्षण र ज्वरो मापन गरिने छ ।

वुहानबाट नेपाल फर्किएकाहरुमा १ सय ७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेका छन् भने पाँछ जना विमान कार्यदलका कर्मचारी छन् ।

Last modified on 2020-02-16 14:05:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts