रुपन्देहीका औषधि व्यवसायी कोरोना भाइरस विरुद्धको सचेतना अभियानमा 



Download our app to get more features

रुपन्देही, ५ फाल्गुन । रुपन्देहीका औषधि व्यवसायीहरु कोरोना भाइरसकोबारे जनचेतनामुलक अभियानमा जुटेका छन् ।

रुपन्देही औषधि व्यवसायी संघले एक कार्यक्रमको आयोजना गरि अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा. राजेन्द्र प्रसाद खनाललाई स्वागत तथा बधाई कार्यक्रम तथा कोरोना भाईरस बिरुद्ध सचेतना कार्यक्रम सुभारम्भ गरेको हो ।

कार्यक्रमका लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्र प्रसाद खनाल, संघका अध्यक्ष सुरज भट्टराई, विशेष सल्लाहकारहरु रामप्रसाद खरेल, खेम पुन, डा रोहितराज क्षेत्री, लोकहरि श्रेष्ठ, संघका अञ्चल शाखा अध्यक्ष शिव ज्ञवाली, सल्लाहकार मोहन कुमार पाण्डेले बुटवलमा सामुहिक रुपमा पर्चा पम्प्लेट सार्वजानिक गरे ।

लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त अध्यक्ष सुर्य बहादुर भट्टराईले विस्थापित भएका औषधि व्यवसायीलाई छिट्टै ब्यवस्थापन गर्ने बताएका छन् । अस्पतालकै उत्तरतर्फ निमार्ण गरिने अत्याधुनिक व्यवसायीक भवनमा औषधि व्यवसायीलाई पुनःस्थापित गर्ने प्रतिवद्धता जनाए । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्र प्रसाद खनालले मानिसमा सकारात्मक सोचको विकास हुनुपर्ने बताए । कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खरेलले बुटवललाई मेट्रो सिटिका रुपमा विकास गर्ने गरि अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा संघका अञ्चल शाखा अध्यक्ष शिव ज्ञवालीले औषधी ब्यवसायी र अस्पतालको समितिको सम्बन्धबाट नै अस्पतालको विकास हुने बताए । कतिपय अस्पतालमा संचालन गरिएका फार्मेसीहरुको सेवा गुणस्तर हुन नसकेकोे बताए ।

संघका सल्लाहकार डा रोहितराज क्षेत्रीले समिति अब नया ढंगबाट अघि बढ्नुपर्ने सुझाव दिए । पुरानै ढर्राका रुपमा विकास समिति नभई अब नया रुपमा नीति बनाएर अघि बढ्नुपर्ने बताए । 

आम नागरिकलाई सहि सुचना सम्प्रेषणको दायित्व सरकारको भएपनि नीजि क्षेत्रबाट सहयोगीको भुमिका खेलेको संघका अध्यक्ष सुरज भट्टराईले बताए । 

महासचिव पुरुषोत्तम भट्टराईले ‘गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपुर्तिःहाम्रो प्रतिवद्घता’ नारासहित २०३० सालमा स्थापना भएको संघमार्फत वार्षिक कार्ययोजना बनाएर ब्यवसायिक हकहित पहिलो प्राथमिकतामा रहेको बताए । 

संघको अगुवाईमा कोरोना भाईरस विरुद्ध सचेतनामुलक ३० वटा ब्यानर र १० हजार पम्प्लेट छापिएको संयोजक नारायण थापाले बताए । पम्प्लेटमा कोरोना भाईरसका मुख्य लक्षणहरु, बच्ने उपाय लगायतका बारेमा विस्तृत जानकारी दिईएको छ ।
 

Last modified on 2020-02-16 09:40:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts