धनगढीमा निःशुल्क मधुमेह परीक्षणः एक महिनामा ३६ जना बिरामी भेटीए

धनगढी, ४ फाल्गुन । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले आयोजना गरेको निःशुल्क मधुमेह परीक्षण र घरदैलो अभियान अन्र्तगत एक महिनाको अवधिमा ३६ जना मधुमेहका बिरामीहरु फेला परेका छन् ।
एक महिनामा धनगढी उप महानगरपालिका वडा नम्बर ५ र ६ का विभिन्न ४ स्थानमा गरिएको निःशुल्क मधुमेह परीक्षण र घरदैलो अभियानमा महिला र पुरुष गरी जम्मा ३ सय ३२ जनाको चेकजाँच गरिएको छ । चेकजाँच गर्ने क्रममा ३६ जना मधुमेहका रोगीहरु देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिनबहादुर धामीले बताए ।
एक महिना अगाडी हरेक हप्ताको शनिबार धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान सुरु गरेको हो ।