१ सय ७५ जना नेपाली स्वदेश फर्किए, ६ जनालाई ज्वरोका कारण चीनमै रोकियो



Download our app to get more features

काठमाडौं, ४ फाल्गुन । चीनको वुहानबाट १ सय ७५ जना नेपाली स्वदेश फर्केका छन् । 

वुहानमा रहेका नेपालीलाई उद्दार गर्न शनिबार त्यसतर्फ प्रस्थान गरेको नेपाल एयरलाइन्सको चार्टर विमान आज बिहान साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी,  तीन पाइलट, सात क्रु मेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । 

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जनालाई ज्वरो आएका कारण उनीहरुलाई विमानस्थलमै रोकिएको र ४ जना स्वेच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरूको त्रिभुवन विमानस्थलमा पुनः स्वास्थ्य परीक्षण गरिँदै छ । ज्वरो नदेखिएकाहरूलाई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिने नेपाल एयरलायन्सका प्रवक्ता अर्चना खड्काले हाम्रो डाक्टर न्यूजलाई बताइन् ।

क्वारेन्टाइनमा भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ ।

Last modified on 2020-02-17 15:35:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts