अलपत्र नेपाली लिन चीन उड्यो विमान



Download our app to get more features

काठमाडौं, ३ फागुन। चीनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि नेपाल एयरलाइन्सको विमान चीन  प्रस्थान गरेको छ।  

कोभिड(१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको हुवई प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्दार गर्न नेपाल वायु सेवा निगमले चिनियाँ अधिकारीहरूबाट उडान अनुमति पाएपश्चात्  विमान चीन प्रस्थान गरेको हो।  २ः४५ मा उड्ने भनिएतापनि  ४ बजे मात्रै विमान उडेको हो।अध्ययन तथा कामको शिलशिलामा १ सय ८५ जना नेपाली त्यहाँ बस्दै आएका थिए । नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० ध्वजावाहक २ सय ७४ सिटर विमान त्यस तर्फ प्रस्थान गरेको हो । 

Last modified on 2020-02-15 16:03:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts