कोरोना भाइरसले नेपाललाई केही हदसम्म असर गरेको छ: प्रधानमन्त्री

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीेले नेपाललाई कोरोना भाइरसका कारण केही हदसम्म असर गरेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभा बैठकको सम्बोधनका क्रममा उनले कोरोना भाइरसका कारण अन्र्तराष्ट्रिय रुपमा नै गम्भीर समस्या आएको तर हालसम्म नेपालमा उक्त भाइरस प्रवेश नगरेको बताएका हुन् । उक्त भाइरस नेपालमा आउन नदिनका लागि सरकारी तवरबाट भीषण प्रयास भइरहेको सम्बोधनका क्रममा उनले दाबी गरे ।
रोजगारी तथा अध्ययनको शिलशिलामा चीनमा रहेका नेपाली बिद्यार्थी ल्याउनका लागि आज नेपाल एयरलाइन्सको विमान चीन प्रस्थान गर्ने उनले बताए । चीनबाट ल्याएपश्चात् उनीहरुलाई विशेष हेरचाहका साथ राखिने प्रधामन्त्रीको दाबी छ । कोरोना भाइरस संक्रमणदेखि हालसम्म चीन सरकारले त्यहाँ रहेका नेपालीहरुलाई गरेको हेरचाहका लागि उनले धन्यवाद ज्ञापन गरे ।