स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एम्बुलेन्स खर्च दिने भरतपुर महानगरको निर्णय



Download our app to get more features

चितवन, ३ फाल्गुन । भरतपुर महानगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एम्बुलेन्स खर्च दिने निर्णय गरेको छ ।

महानगर क्षेत्र भित्रका सबै वडाका महिलाहरुका लागि प्रोत्साहन स्वरूप एम्बुलेन्स खर्च दिने  महानगरको बोर्ड बैठकले निर्णय गरेको हो ।

महानगरपालिकाको १ देखि १२ नम्बर वडासम्मका सुत्केरी महिलाले एक हजार रूपैयाँ, १३ देखि २२ नम्बर वडासम्मका सुत्केरी महिलाले १ हजार ५ सय रूपैयाँ र २३ देखि २९ नम्बर वडासम्मका सुत्केरी महिलाले दुई हजार रूपैयाँ एम्बुलेन्स खर्च दिने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सो रकम पाउनको लागि भरतपुर महानगरपालिकाभित्र रहेको नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा दक्ष प्रसुतीकर्मीको प्रसुति सेवा लिएको हुनुपर्नेछ । अनुसुची १ अनुसार नियमानुसार आवेदक पेश गर्नुका साथै महानगरपालिका भित्रको स्थायी बासिन्दा हुनुपर्नेछ ।

भरतपुर महानगरपालिकाको वार्षिक नगर विकास योजना अन्तर्गत सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स र यातायात खर्च रकम विनियोजन गरेको हो । सो रकम सम्बन्धीत वडा कार्यलयबाट प्रदान गरिनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts