१२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल बन्ने

रुपन्देही, ३ फाल्गुन । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको डिपिआर तयार हुँदैछ ।
१२ सय शय्याको अस्पताल १० तत्ले निर्माण हुने भएको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको ड्रोईङ र डिजाइनबारे प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।
छलफलमा मुख्यमन्त्री शंकर पोखरेल आन्तरिक मामिला तथा कानुन, भौतिक पुर्वाधार, सामाजिक विकासमन्त्री तथा बुटवल उप महानगरपालिकाका प्रमुख, योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष, प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तथा मन्त्रालयका सचिवहरु सहभागी रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए ।
मुख्यमन्त्री कार्यलयमा शुक्रबार प्रस्तुत भएको गुरुयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल १० तले भवन निर्माण गर्ने र संरचना निर्माणका लागि ७ अर्बको लागत अनुमान गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बताए । डा गौतमका अनुसार ३ महिनामा डिपिआर भ्याएर डेण्टर गरिसक्ने र ३ वर्ष भित्रमा अस्पतालको निर्माण कार्य सक्ने योजना बनाएको बताए ।
लुम्बिनीप्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालकाअनुसार अब नयाँ बन्ने अस्पताल १२ सय शैयाको सुबिधा सम्पन्नहुने बताए । डा खनालले बिल्डिङको अगाडिको भागमा अत्याधुनिक ओपिडि, ईमरजेन्सी, ईन्डोर सर्भिस कक्षरहने छ ।
साथै विशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगायतका सवै विशेषज्ञ सेवा प्रदान गरिने तरिकाले बनाउन लागिएको बताए । अहिले बनिरहेका नयाँ भवनमा भने डाईग्नोष्टिक एण्ड रिर्सर्च, प्रसुती र महिला तथा बालरोगको उपचारकालागि प्रयोग हुने खनालले बताए ।
खनालले भने भवनको माथि हेलिप्याड समेत रहने गरि भवन बन्ने र हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट रहने बताए । प्रदेश ५का सामाजीक विकासमन्त्री सुदर्शन बरालले नयाँ भवन सुविधा सम्पन्न र प्रदेशको नमुना अस्पताल हुने बताए ।