स्वास्थ्य सचिव खगराज बरालले चिकित्सकलाई गाली गलौज गरेको आरोप 



Download our app to get more features

काठमाडौं, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालविरुद्ध नेपाल मेडिकल एसोसिएसनमा उजुरी परेको छ । सचिव बरालविरुद्ध महाराजगञ्ज मेडिकल क्याम्पस क्लिनिकल फर्मकोलोजी विभागका सहप्राध्यापक तथा विभागिय प्रमुख डा. सतिस कुमार देवले अपशव्द बोल्दै गाली गरेको भन्दै उजुरी दिएका छन् । 

सचिव बरालले चिकित्सकहरु बिक्ने, प्राध्यापक चिकित्सकहरु आफु शिक्षा सचिव भएको वेला  खुट्टामा ढोग्न आउने जस्ता तल्लो स्तरको टिप्पणी गरेको उजुरीमा उल्लेख छ ।  

१ फागुनमा स्वास्थ्य मन्त्रालयमा भएको बीमा सम्बन्धि छलफलमा सहभागि हुन जाँदा सचिव बरालले आफुलाई व्यक्तिगत रुपमा गाली गलौच गरेको पनि डा देवद्धारा दिएको उजुरीमा उल्लेख छ । 


 

Last modified on 2020-02-14 16:16:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts