औषधि खरिदको टेण्डरमा कुरा नमिल्दा ठेकेदारहरु बीच कुटाकुट



Download our app to get more features

रुपन्देही, २ फागुन । जिल्ला अस्पताल पाल्पाको औषधि खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर केही ठेकेदारहरु बीच कुटाकुट भएको छ ।शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीहरुलाई रोक्ने क्रममा एकआपसमा कुरा नमिल्दा कुटाकुट भएको हो ।

कुटाकुटबाट १ जना व्यवसायी सामान्य घाइते भएका छन । कुट्ने व्यवसायी फरार भएको र प्रहरीले उनलाई खोजिरहेको जनाइएको छ । प्रहरीका अनुसार घाइते व्यवसायीको प्राथमिक उपचार भएको छ ।

सो घटनामा को–को संलग्न भए भन्ने बारे प्रहरीले केहि बताएको छैन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts