चीनबाट फर्किएर अस्पताल भर्ना भएका युवालाई कोरोना भाइरस नेगेटिभ

काठमाडौं, २ फागुन । चीनबाट फर्केर सेती अस्पतालमा भर्ना भएका एक युवकलाई कोरोना भाइरस नेगेटिभ रहेको पुष्टि भएको छ।
कञ्चनपुरका एक युवकलाई चीनबाट फर्केपछि कोरोना भाइरस भएको आशंकामा अस्पताल भर्ना गरिएको थियो । सेती अस्पतालका इर्मेजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशका अनुसार उनलाई कोरोना भाइरस नभई इन्फुल्न्जा ए , एचवान एनवानको संक्रमण देखिएको हो ।