नेपाल कोरोना भाइरस मुक्तः स्वास्थ्य मन्त्री ढकाल



Download our app to get more features

रुपन्देही, १ फागुन । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाईरस मुक्त रहेको दावी गरेका छन ।

नेपालमा १८ जना शंकास्पद फेला परेपनि उनीहरुमा कोरोना भाइरस नभएको मन्त्रीको भनाइ छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अवलोकनमा आएका मन्त्री ढकालले कर्मचारीको मनोबल बढाउने तरिकाले काम अघि बढाएको बताए । उनले अस्पतालका कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु बेतलबी बस्ने र काम नगर्ने कर्मचारीलाई मन्त्रालयमा दरबन्दी राख्ने बताए । मन्त्री ढकालले प्रादेशिक अस्पताल भएपनि केन्द्रबाट हुने र गर्नुपर्ने कामलाई कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

उनले प्रादेशिक अस्पताललाई अरु क्षेत्रकाले उदाहरण लिने तरिकाले अघि बढाउनु पर्ने बताए । ढकालले अस्पतालका सटरहरु भत्काएपछि अब तत्काल पर्खाल लगाउनु पर्ने सुझाव दिए । 
सोक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले  मन्त्रीलाई अस्पतलको फार्मेसी ब्यबस्थीत बनाउन सहयोग गरिदिन आग्रह गरे । अस्पतालका मेसु डा राजेन्द्र खनालले अस्पतालको अवस्थाको बारे जानकारी गराउँदै कर्मचारी समायोजनले समस्या भएको बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts