नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. ज्ञवालीद्वारा पदभार ग्रहण

काठमाडौं, १ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीले बिहीबार पदभार ग्रहण ग्रहण गरेका छन् ।
ज्ञवालीलाई माघ २८ गते सरकारले सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । पदवहालीका क्रममा उनले आफ्ले परिषद्मा रहेर के के काम गर्ने भन्नेबारे योजना बनाइसकेको बताएका छन् । परिषद्लाई अगाडी बढाउन आवश्यक सल्लाह लिर्दै प्रभावकारी काम गर्ने उनको दावी छ ।
साथै उनले अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा पनि विकास गर्नु जरुरी रहेको भन्दै त्यहि अनुरुप काम गर्ने बताएका छन् ।
Last modified on 2020-02-13 16:57:56