बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित हुने तीन डाक्टरसँग सरकारले स्पष्टीकरण लिने



Download our app to get more features

काठमाडौं, १ फागुन । सरकारले विदा स्वीकृत नगराउने तीन डाक्टरसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डाक्टरलाई स्पष्टीकरण सोध्ने मन्त्रीपरिषद्ले निर्णय गरेको बताए ।  

बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डा. सर्जन ढुंण्डिराज पौडेल, अर्थोपेडिक सर्जन राजेन्द्र सञ्जेल क्षेत्री र विष्णुकुमार पौडेललाई सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

प्रवक्ता बाँस्कोटाका अनुसार उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमार्फत स्पष्टीकरण सोधिने छ ।   
 

Last modified on 2020-02-13 16:34:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts