फरार भनिएका प्रसाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर



Download our app to get more features


काठमाडौं,१ फागुन । मानहानी कसूरमा फरार भएका बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई बिहीबार भक्तपुर जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन् । 

जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका उनलाई तारिखमा राखी कानुनी प्रक्रिया मिलाएर छोडिएको भक्तपुर जिल्ला अधिकारी हुमकला पाण्डेले हाम्रो डाक्टरलाई जानकारी दिईन् ।  कार्यालयमा हाजिर भएपछि उनलाई साधारण तारिखमा छोडिएको र त्यसका लागि आफूले प्रक्रिया मिलाइदिएको पाण्डेको दाबी छ । मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृण्ण गिरीले प्रसाईविरुद्व मानहानीको मुद्घा हालेका थिए । साथै उनले  आफ्नो सुरक्षाको माग गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दिएका थिए । त्यसपश्चात् प्रहरीले प्रसाईलाई खोजी गरेतापनि उनलाई फेला पार्न सकेको थिएन । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts