अजयमेरू गाउँपालिकाद्वारा गर्भवतिलाई निःशुल्क भिडियो एक्सरे सेवा 



Download our app to get more features

डडेल्धुरा, १ फागुन । डडेल्धुराको अजयमेरू गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरी निःशुल्क सेवा दिन थालेको छ । गाउँपालिकाले २९ पुसदेखि ग्रामीण क्षेत्रका गर्भवतिलाई निःशुल्क रूपमा भिडियो एक्सरे सेवा प्रदान गर्न थालेको हो । 

अमजमेरु गाउँपालिकाको केन्द्र भद्रपुरस्थित स्वास्थ्य चौकीबाट निःशुल्क एक्स रे  सेवा दिन थालेको अनमी माया अवस्थीले जानकारी दिइन् । अनमी अवस्थीलाई एक्स रे चलाउन सिकाउने उदेश्यले गाउँपालिकाले २१ दिने तालिममा सहभागी गराएको थियो । 

६ वडा रहेको अजयमेरू गाउँपालिकाले गर्भवती महिलाको निःशुल्क चेकजाँच गरिरहेको छ । समान्य चेकजाँच गर्न डडेल्धुरा अस्पताल पुग्नु पर्ने बाध्यता अब हटेको अनमी अवस्थीले बताइन् ।

गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा पाएपछि गर्भवती महिला खुसी भएका छन् । डडेल्धुरा सदरमुकाम जान आउने लाग्ने खर्च तथा समय समेत बचत भएपछि उनीहरु हर्षित भएका हुन् । 

गाउँपालिकाले १० फागुनदेखि वडा नम्बर ५ को देवलदिव्यपुरबाट पनि एक्स रे सेवा दिने तथा आवश्यक परे अन्य वडामा पु¥याउने योजना रहेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts