ट्राफिक प्रहरीद्वारा सार्वजनिक सवारी साधनका चालकहरुको निःशुल्क आँखा जाँच



Download our app to get more features

जनकपुरधाम, १ फागुन । जिल्लास्थित ट्राफिक प्रहरीले जनकपुरमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र जानकी आँखा अस्पताल जनकपुरको संयुक्त टोलीले सो शिविरको आयोजना गरेको हो । 

ट्राफिक प्रहरी र जानकी आँखा अस्पतालको संगुक्त टोली मिलेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट मुजेलिया अगाडि निःशुल्क आँखा तथा ब्लडप्रेसर जाँच शिविरको आयोजना गरेका छन् । 

शिविरमा लामो तथा छोटो दुरीमा चल्ने बिभिन्न भाडाका सवारी साधनका चालकहरुलाई रोकेर आँखा तथा ब्लडप्रेसर जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले जानकारी दिए । शिविरमा करिव दुई दर्जन चालकहरुको निःशुल्क जाँच गरिएको उनले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts