धनुषाको भंगहा नगरपालिकामा स्वास्थ्य सेवा इकाई स्थापना

जनकपुरधाम, १ फागुन । धनुषाको भंगहा नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा इकाई स्थापना गरिएको छ ।
नगर कार्यपालिकाको कार्यालयले भंगहा नगरपालिका वडा नम्बर ४ रामनगरविर्तामा ३८ लाख रुपैयाँको लागतमा भवन निर्माण गरि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । सामुदायिक स्वास्थ्य सेवा इकाईको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले एक समारोहकाबिच उदघाटन गरेका हुन् । वडा नं। ४ का वडाध्यक्ष अशोक महतोको अध्यक्षता तथा मेयर साहको प्रमुख अतिथ्यमा इकाईको उदघान गरिएको हो ।
इकाई उदघाटन गर्दै मेयर साहले नगरबासीलाई नगरपालिकाबाट सबै प्रकारको सेवा सुविधा टोलटोलमै प्रदान गर्ने आफ्नो लक्ष्य रहेको बताए । बाटोघाटो निर्माण मात्र विकास नहुने बताउँदै नागरिक स्वास्थ्य र शिक्षित हुनु विकासको पहिलो आधार रहेको उनले तर्क गरे ।
नगरका जनताको समस्या पहिचान गरी प्रदेश र केन्द्र सरकारसंग समन्वय गरी समेत त्यस तर्फ नगरपालिकाले जोड दिने मेयर साहको भनाइ छ । स्थापना गरिएको स्वास्थ्य सेवा इकाईमा एक अनमी र एक जना अहेबलाई राखी तत्काल सेवा प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए ।
नेपाल सरकारको एक वडा एक स्वास्थ्य चौकीको नीति अनुरुप स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरी रहेको जनाए ।