कोरोनाभाइरस: अहिले नै प्रकोप अन्त्यको अनुमान गर्न 'निकै छिटो’ हुने

काठमाडौं, १ फागुन । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले “निकै छिटो” हुने बताएको छ ।
“यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,”विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने ।
यसअघि चीनले कोरोनाभाइरस सङ्क्रमण देखा पर्नेको सङ्ख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो ।
भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसक्यो भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले “निकै छिटो” हुने बताएको छ ।
“यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,” विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने ।
यसअघि चीनले कोरोनाभाइरस सङ्क्रमण देखा पर्नेको सङ्ख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो ।
भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसक्यो भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन् ।
अन्तर्राष्ट्रिय ऐक्यवद्धता
विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले चारवटा सम्भावित खोपको अनुसन्धानका लागि रकम जुटाइएको बताइन् ।
“मलाई लाग्छ हामीले खोप पत्ता लगाउँछौँ,” उनले भनिन् । “यसका लागि केही समय लाग्छ । रातारात खोप बनाउन सकिँदैन ।”
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोसले एउटा अमेरिकी क्रुज वेस्टरड्यामलाई आउन अनुमति दिएकोमा क्याम्बोडियाको प्रशंसा गरेका छन् ।
यसअघि उक्त क्रुजमा कोही बिरामी नभए पनि जापान, थाइल्याण्ड र ताइवानले आउन नदिएपछि बन्दरगाहबाटै फर्काइएको थियो । यो “हामीले निरन्तर रूपमा भनिरहेको अन्तर्रा्ष्ट्रिय ऐक्यवद्धताको उदाहरण हो” उनले भने ।