कण्डम दिवसको अवसरमा आज बुटबलमा वृहत्त सांस्कृतिक कार्यक्रम गरिँदै

रुपन्देही, १ फागुन । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटबलमा वृहत्त सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
दिवसका अवसरमा आज बुटवल ट्राफिक चोकमा हुने कार्यक्रममा एचआइभी एड्सबाट जोगिन कण्डमको भूमिका महत्वपूर्ण हुुन्छ भन्ने बुझाउन र कण्डमको प्रयोगबारे सन्देश दिन सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।
त्यसैगरी कार्यक्रमको सहयोगी संस्था ए.एच.एफ.नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराईले एड्सबाट बच्न कण्डमको महत्वपूरर्ण भूमिका रहेको बताउँदै एड्स रोग र यसको यस क्षेत्रको अवस्था बारे जानकारी गराए । उनले सन् २०१२ बाट ए.एच.एफ नेपालले तत्कालिन लुम्बिनी अञ्चल अस्पताल (हाल लुम्बिनी प्रादेशिक अस्पताल)मा निरन्तर एचआइभी एड्स परीक्षण र उपचार सेवा प्रदान गर्दै आएको बताए ।
उनका उनुसार लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलबाट १ हजार २ सय २० जनाले एड्स रोग सम्बन्धी उपचारको सेवा लिइरहेका छन् । जसमध्ये गतवर्ष सेवा लिनेमा रुपन्देहीका ९सय १३ जना र नयाँ ६९ जना रहेका छन् ।
त्यसैगरी गतवर्ष एड्स रोगबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ । ९ जना एड्स पीडित आमाबाट भने ९ जना नै एचआइभी सक्रमणरहित शिशुु जन्माउन सफल भएको उनले बताए ।
एचआइभी एड्सको रोकथामका लागि गत वर्ष ए.एच.एफ नेपालले ५० हजार कण्डम वितरण गरेको बताउँदै उनले विशेषगरी यौनकर्मी र आप्रवासी कामदारका श्रीमतीहरुमा यस रोगको जोखिम बढी रहेको बताए । कण्डम दिवसका अवसरमा एड्स र कण्डम बारे सचेतना जगाउन आयोजना गरिएको कार्यक्रममा आस्था समूहद्वारा नाटक, बुटवलकै साउण्ड वेभ ब्याण्डद्वारा सांगितिक प्रस्तुती र तेस्रो लिङ्गीहरुको पनि प्रस्तुती रहने आस्था समूहका अध्यक्ष पुनले बताए ।
दिउँसो एकबजेदेखि राती ८ बजेसम्म चल्ने कार्यक्रममा एकघण्टा सामाजिक विकास मन्त्रालय प्रदेश ५ को औपचारिक कार्यक्रमसँगै एड्स र कण्डमसँग सम्बन्धित विभिन्न प्रस्तुतीहरु रहने पुनले बताए ।
त्यसैगरी सोही कार्यक्रममा कण्डमको प्रयोग सम्बन्धी जानकारी गराउँदै निःशुल्क कण्डम वितरण गरिने ए.एच.एफ नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराइले जानकारी दिए ।
पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी., लगाएतको सहभागिता रहेको ए.एचएफ नेपालका कार्यक्रम संयोजक भट्टराइले कण्डमको प्रयोग बारे जानकारी तथा प्रदर्शन गरेका थिए ।