सिन्धुपाल्चोकमा देखिएको संक्रमण सिजनल फ्लु



Download our app to get more features

 काठमाडौं, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको रुघाखोकीको समस्या कोरोना भाइरस नभई सिजनल फ्लु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

 सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बामा देखिएको समस्या सिजनल फ्लु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । बिरामीको उपचार र रोगबारे अध्ययनका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले स्वास्थ्यकर्मीको विशेष टोली खटाएको श्रेष्ठले जानकारी उनले दिए । सिन्धुपाल्चोकमा कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts