नोवेल कोरोनाभाइरसको नामाकरण गरियो, अब ‘कोभिड–१९’ ले चिनिने

काठमाडौं, २९ माघ । विश्व स्वास्थ्य संगठनले चीनमा देखिएको नोवेल कोरोनाभाइरसको आधिकारिक नामाकरण गरेको छ । अबदेखि यो भाइरसलाई ‘कोभिड–१९’ भनेर चिनिने छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोजÞ अधान्योम गिबरेयेसोसले यो भाइरसलाई कुनै विशेष क्षेत्र, जानवर वा समूहसँग नजोडियोस् भने यो नाम राखिएको बताए ।
डब्ल्यूएचआले सन् २०१५ मा दिशानिर्देश जारी गर्दै नयाँ भाइरसको नाम कुनै स्थानसँग नजोडिन भनिएको थियो । यो भन्दा पहिले इबोला र जÞीका जस्ता भाइरसको नामपनि त्यो ठाउँको नामबाट राखिएको थियो जहाँ त्यो पहिलो पटक देखिएको थियो । तर, पछि ती भाइरसको नाम परिवर्तन गरियो ।
यसअघि मध्यपूर्वमा पाइएको कोरोना भाइरसको नाम मर्स यानी मिडिल इस्टर्सन रेसपिरेटरी सिन्ंड्रोम राखिएको थियो भने २०१८ मा फैलिएको महामारीलाई स्पेनिश फ्लूको नाम दिइएको थियो ।
डब्ल्यूएचओका अनुसार कुनै पनि क्षेत्रसँग भाइरसलाई जोड्नाले पूरै क्षेत्रको बारेमा नकारात्मक विचार बन्न सक्छ भने वहीं एच १ एन १ संक्रमणलाई सामान्य भाषामा स्वाइन फ्लू भनियो । यो नामाकरणपछि सुँगुरप्रतिको नकारात्मक दृष्टिकोणमा परिवर्तन आएको छ । त्यसकारण यो नयाँ भाइरसको नाम ‘कोभिड–१९’ राखिएको छ । जसको अर्थ कोरोनाभाइरस रोग र यसमा १९ भनेको साल २०१९ को लागि हो । किनकी यो पहिलो पटक ३१ डिसेम्बरमा पत्ता लागेको थियो ।
डब्ल्यूएचओका अनुसार यो नयाँ रोग विश्व सामु ठूलो खतरा बनेकोले यसबाट जोगिने पनि सम्भावना रहेको छ ।
कोरोना भाइरसका कारण चीनमा मात्रै अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ भने ४२ हजारभन्दा बढी प्रभावित भएका छन् ।