प्रदेशको स्वास्थ्य नीति बनाउन गठित कार्यदलले सरकारलाई बुझायो मस्यौदा



Download our app to get more features

जनकपुरधाम, २९ माघ । स्वास्थ्य सम्बन्धी नीति बनाउन प्रदेश २ सरकारले गठन गरेको कार्यदलले आफ्नो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

समाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक डा.रामकेवल साहले सामाजिक विकास मन्त्री नवल किशोर साहलाई मंगलबार हस्तान्तरण गरेको थियो । पछि मन्त्री साहले  मुख्यमन्त्री लालबाबु राउतलाई सो मस्यौदा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन र यसले प्रदेश सरकारलाई मार्गदर्शन समेत दिने विश्वास व्यक्त गरे । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोंचे अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको जिकिर गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आगामी दिनमा सरकारले यस मस्यौदालाई प्रारम्भीक आधार बनाएर आफ्नो नीति तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे । 

कार्यदलले तयार पारेको मस्यौदामा प्रदेश नम्बर २ को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नुपर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुनःसंरचना लगायतको विषयहरु समेटिएको छ ।

Last modified on 2020-02-12 08:02:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts